Mahajatra

क्यानडामा ‘सिने स्टार अवार्ड’ हुने

२०७६ असोज ६
क्यानडामा ‘सिने स्टार अवार्ड’ हुने

क्यानडाको टोरन्टोमा आयोजना हुनेगरी ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच आगामी जनवरीको अन्तिम साता अवार्ड आयोजजना हुने घोषणा गरिएको छ ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ । कार्यक्रममा बोल्दै हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको बताए । विश्वब्यापीकरणको बाटोमा रहेको नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै प्रतिकले नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउने आफुहरुको उद्देश्य रहेको बताए ।

विदेशी भुमिका आयोजना हुन लागेको अवार्डले पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने अपेक्षा आयोजकले लिएको छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।

ड्रिम हाइ नेपालको इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने अवार्डमा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ । निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी चयन भएका छन् ।