‘सिने स्टार अवार्ड’को मनोनयन सार्वजनिक

‘सिने स्टार अवार्ड २०२०’को उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच अवार्डको उत्कृष्ट ३ लाई मनोनयनमा प्रमाण पत्र समेत प्रदान गरियो ।
१२ बिधामा वितरण हुने अवार्डको अभिनेता तर्फ विपिन कार्कि चलचित्र प्रसाद, सलिनमान बानियाँ चलचित्र यात्रा र अनमोल केसी चलचित्र ए मेरो हजुर ३ बाट मनोनयनमा परेका छन । यस्तै अभिनेत्री तर्फ सुष्टि श्रेष्ठ चलचित्र रोमियो एण्ड मुना, नम्रता श्रेष्ठ चलचित्र प्रसाद र स्वस्तिमा खड्का चलचित्र बुलबुलबाट मनोनयमा परेका छन् ।
सह अभिनेताको बिधामा सौगात मल्ल चलचित्र जयभोले, सलोन बस्नेत चलचित्र ए मेरो हजुर ३ केदार घिमिरे चलचित्र छक्का पन्जा ३ बाट मानोनयमा परेका छन । यस्तै सहायक अभिनेत्री तर्फ लक्ष्मी वर्देवा चलचित्र वुलवुल, सुरक्षा पन्त चलचित्र गोपी र प्रियंका कार्कि चलचित्र नाइनभन्नु ल ५ बाट मानोयमा परेका छन ।
निर्देशकको बिधमा दिनेश राउत चलचित्र प्रसाद, बिनोद पौडेल चलचित्र वुलवुल र दिपाश्री निरौला चलचित्र छक्का पन्जा ३ बाट मनोनयनमा परेका छन् । त्यसै उत्कृष्ट चलचित्रको मनोनयनमा प्रसाद, बुलबुल र छक्का पन्जा ३ रहेका छन् ।
पटकथा लेखकमा दिपकराज गिरि चलचित्र छक्का पन्जा, सुशील पौडेल चलचित्र प्रसाद र बिनोद पौडेल चलचित्र बुलबुलबाट मनोनयनमा परेका छन । यस्तै सम्पादनको बिधामा बनिश शाह र मिलन श्रेष्ठ चलचित्र रामकहानी, निमेष श्रेष्ठ चलचित्र साइली र बिपिन मल्ल चलचित्र छक्का पन्जा ३ बाट मनोनयनमा परेका छन् । यस्तै छायाँकारको बिधामा लब स्टेसनबाट आलोक शुक्ला, छक्का पञ्जा ३ बाट पुरुषोत्तम प्रधान र छिरिङबाट मानकुष्ण महर्जन मनोनयनमा रहेका छन् ।
यस्तै गीतसंगीतको बिधामा उत्कष्ट पाश्र्व गायन पुरुषमा प्रताप दास चलचित्र रोज (फुल हैन काँडा), सुगम पोखरेल चलचित्र ए मेरो हजुर ३ (जिन्दगी नै) र रुपक डाटेल चलचित्र प्रसाद (बनकी चरी) मनोनयनमा छन् भने उत्कष्ट पाश्र्व गायन महिलामा प्रबिशा अधिकारी चलचित्र रोज (फुल हैन काँडा), बिन्दु परियार चलचित्र छक्का पन्जा ३ (पहिलो नम्बरमा) र अन्जु पन्त चलचित्र प्रसाद (बनकी चरी) मनोनयनमा रहेका छन् । यस्तै संगीत बिधामा एलिस कार्कि चलचित्र रोज, बसन्त सापकोटा चलचित्र नाइ न भन्नू ल ५ र दिपक शर्मा चलचित्र छक्का पन्जा ३ बाट मनोनयनमा रहेका छन् ।
निर्देशक रमेश बुढाथोकी, लेखक, कलाकार तथा निर्देशक मोहन निरौला र कलाकार तथा निर्देशक दिनेश डिसी रहेको तिन सदस्यि जुरीले उत्कृष्टको छनौट गरेको हो । फेब्रुअरि २२ मा क्यानडाको टोरन्टो शहरमा अवार्ड आयोजना गरिने आयोजकले जनाएको ।
Latest Updates
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi