Mansara

सिने सर्कल अवार्ड सम्पन्न – नाजिर र निता उत्कृष्ट, प्रदिप र प्रियंका पपुलर

२०७५ भाद्र ३१
सिने सर्कल अवार्ड सम्पन्न – नाजिर र निता उत्कृष्ट, प्रदिप र प्रियंका पपुलर

एलजी सिने सर्कल अवार्ड २०७५ सम्पन्न भएको छ । । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बिच २४ बिधामा अवार्ड प्रदान गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनःको प्रमुख आतिथ्यता तथा बलिउडका स्टार गोविन्दाको विशेष उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा बरिष्ठ निर्देशक किशोर रानालाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । उनलाई नगद ५१ हजार राशी सहित लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । राना मृगौलाका बिरामी भएका कारण समारोहमा उपस्थित हुन नसकेकोले उनी धर्मपत्नि गायिका संगीता प्रधान रानाले उक्त अवार्ड ग्रहण गरेकी थिइन ।

यस्तै अवार्ड समारोहमा शिशिर राणा निर्देशित चलचित्र तिमीसँग उत्कृष्ट ठहरिएको छ भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र भुइँमान्छे बाट नवराज बुढाथोकीले प्राप्त गरेका छन् ।

यस्तै उत्कृष्ट अभिनेताको अवार्ड तिमीसँगबाट नाजिर हुसेनले हात पारे भने पञ्चायतबाट निता ढुङ्गाना उत्कृष्ट अभिनेत्री घोषित भइन । यस्तै चलचित्र मंगलममा गरेको अभिनयका लागि पुष्प खड्कालाई क्रिटिक्स अवार्ड प्रदान गरियो भने प्रदिप खड्का र प्रियंका कार्की पपुलर नायक नायिका घोषित भए ।

यस्तो छ अवार्ड बिजेताहरुको नामावली :

पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा-विजय वश्याल

ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ

स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ

पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’

भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ

कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत

पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का

पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की

व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की

एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते

स्क्रिनप्ले अफ दि इयर: तिमीसँग

सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, बिदुर पाण्डे

एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ

कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु

प्लेब्याक सिंगर अफ दि इयर ‘पुरुष’: सुगम पोखरेल, भन्छु आज

प्लेब्याक सिंगर अफ दि इयर ‘महिला’: मेलिना राई, कुटुमा कुटु

अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं

म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज

क्रिटिक्स अवार्ड: पुष्पल खड्का

लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत

एक्टर अफ दि इयर: नाजिर हुसेन, राज्रा रानी

डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे

फिल्म अफ दि इयर:  तिमीसँग