विल्सन विक्रमको निर्देशनमा ‘चोया छपनि’
विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ । इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो ।
सार्वजनिक म्युजिक भिडियोमा अभिनेता विल्सनकै शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा राजेन्द्र चोङ्गबाङ र सबिना योङ्गहाङ लिम्बुको स्वर सुन्न सकिन्छ । विश्व लिम्बुको पनि अभिनय रहेको गीतलाई विल्सन विक्रम राईले निर्देशन गरेका हुन् । गीतमा कमल राईको कोरियोग्राफी, हेमन योञ्जनको छायांकन, मनोज कार्कीको सम्पादन, कलर तथा जिएफएक्स रहेको छ ।
विल्सन विक्रम राई अहिले अमेरिकामा छन् । उनी केही दिनमा किरण नेपालीले निर्माण गर्ने चलचित्र ‘हात्तिछाप’को छायांकनको लागि नेपाल आउँदैछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
