चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक
कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईलगायत कलाकारहरुको अभिनय छ ।
घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारवाही वरपर चलचित्रको कथा घुमेको छ । आरएल लामा मोक्तान निर्देशित चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् । जीवन लामा कार्यकारी निर्माता रहेको चलचित्रका सहनिर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् ।
चलचित्रमा रामेश्वर हुमागाईको छायाँकन, विकास चौधरीको संगीत, शिवम अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्धन्द्ध निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
