‘चिट्ठी’को गीत ‘सिन्दुरको रंग’ सार्वजनिक

२०८२ श्रावन १६
‘चिट्ठी’को गीत ‘सिन्दुरको रंग’ सार्वजनिक

भदौ २० गते बाट रिलिज हुने चलचित्र ‘चिट्ठी’को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा गीत सार्वजानिक गरिएको हो ।

सार्वजनिक गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र गायिका बेनिषा पौडेलको स्वर छ । गीतको भिडियोमा चलचित्रका अभिनेता संजीत भण्डारी र  कञ्चन चालिसेले अभिनय गरेका छन् भने गायिका पौडेल स्वयंम् पनि उक्त गीतमा गायिकाकै रुपमा देखिएकी छिन् । निर्देशक माधवराज खरेलका अनुसार यो गीत, केवल गीत नभई महिलाको अन्तरआत्माको आवाज हो । चलचित्रले युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्आत्माबीचको अन्तरद्धन्द्धमा आधारित कथा भन्ने निर्देशक खरेलले जनाएका छन् । 

चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा निर्देशक खरेलकै लेखन रहेको छ ।  हरर–कमेडी जनरामा निर्माण भएको चलचित्रलाई कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्दैछ । चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् । चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।