शिब परियारको स्वरमा ‘चिठी’को गीत रेकर्ड

चलचित्र ‘चिठी’ का लागि शिव परियारको स्वरमा गीत रेकर्ड गरिएको छ । डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको ‘टुटेको तारा’ बोलको गीत शिवले गाएका हुन् ।
‘चिठी’ माधवराज खरेल निर्देशित चलचित्र हो । एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको चलचित्रमा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसे, शान्ति प्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु लगायतको अभिनय छ ।
काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लामा खिचिएको चलचित्रको अहिले पोष्ट प्रोडक्सन अन्तिम चरणमा काम भइरहेको छ । कमेडी जनरामा बनेको चलचित्र सस्पेन्स र थ्रिलर बिषयमा निर्माण भएको हो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal