चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सन सम्पन्न
चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सन कार्य सम्पन्न भएको छ । मंगलबार चलचित्रको पोष्टको काम सकिएको निर्माता कमला जोशीले जनाएकी छिन ।
पोष्टको काम सकिएलगत्तै निर्माण टिम यसको प्रचारको रणनीतिमा जुटेको छ । माधव राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । निर्माण टिमले केही दिनमै फष्टलुक्स सार्वजनिक गर्ने तयारी गरेको छ ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा सरोज कोइरालाको संगीत, शिब परियार, बेनिसा पौडेल र बसन्त अर्यालको स्वर र डा.कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ । चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन रहेको चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको हो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
