माधबको चलचित्र ‘चिट्ठी’लाई पिजी सर्टिफिकेट

चलचित्र ‘चिट्ठी’ले पिजी सर्टिफिकेट पाएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरिसकेपछि पिजी सर्टिफिकेट पाएको छ । अब यो चलचित्र १६ बर्ष मुनिका बालकालिकाको हकमा अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने छन् ।
माधव राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कमला जोशीले निर्माण गरेको चलचित्रका सहनिर्माता अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य हुन् । चलचित्रमा सरोज कोइरालाको संगीत, शिब परियार, बेनिसा पौडेल र बसन्त अर्यालको स्वर र डा। कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ । चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली र राजन खरेलको छायाङ्कन रहेको चलचित्रलाई काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको हो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal