‘राष्ट्रिय चित्रकला कार्यशाला’ सुरु
हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ को समुद्घाटन भएको छ । विद्यालयको प्राङ्गनमा उद्घाटन कार्यक्रमको सभापतित्व वि.ब्य.स.का अध्यक्ष हर्क रम्तेलले गर्नु भएको थियो भने प्रमुख अतिथि हेटौडा वडा नं. १८ का वडाध्यक्ष अनिल कुमार बानिया रहनु भएको उद्घाटन कार्यक्रममा अन्य अतिथिहरु प्रधानाध्यापक जयराम थापा, रविन्द्र बहादुर सुर्खेती, तेज कुमारी न्यौपाने, विमला विसुंके, कुशुम थामी, जीत ब. राना रहनु भएको थियो ।
बुधबार सुरु भएको ‘राष्ट्रिय चित्रकला कार्यशाला’ पाँच दिनसम्म सञ्चालन हुने छ भने कार्यशालामा स्थानीय र राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको उल्लेखनिय सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताउनु भयो । कार्यशालामा स्थानीय कलाकारहरुमा लक्ष्मण भुजेल, चिरञ्जीवि श्रेष्ठ, सुजन राई, करिष्मा जोशी रहनु भएको छ भने कुन्तीश्री थापा मोरंग, निलम भुर्तेल मोरंग, नम्रता सिंह मोरंग, भुषण दुलाल भक्तपुर, मुना भडेल भक्तपुर, तारा तामाङ ललितपुर, पृथ्वी श्रेष्ठ ललितपुर, राजन पन्त काठमाडौं, उध्दव रिमाल नुवाकोट, रोशन भण्डारी नुवाकोट, राजन काफ्ले रौतहट, मेख लिम्बु धनकुटा रहेका छन् ।
विद्यालयले बिभिन्न अवसर पारेर कला लगायत अतिरिक्त क्रियाकलापको आयोजना गर्ने क्रममा गत वर्ष मुर्तिकला र यो वर्ष चित्रकला कार्यशाला गर्नुको उव्देश्य ललितकला पति युवा पुस्तालाई आकर्षित गर्नु रहेको अध्यक्ष रम्तेलले जानकारी गराउनु भयो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
