चलचित्र ‘चित्रा’को गीत ‘नजरैको हानाहान’ सार्वजनिक
चलचित्र ‘चित्रा’मा समाबेश ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्का फिचर्ड छन् ।
बाबु र छोरीको कथालाई उठान गरेको चलचित्रलाई घनश्याम लामिछाने निर्देशन गरेका हुन् । आगामी पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहेको छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन र महेश पौडेलको छायांकन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
