‘चिसो मान्छे’को छायँंकन सुरु
चलचित्र ‘चिसो मान्छे’को छायँंकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायाँकन थालिएको हो ।
दिपेन्द्र के खनालको निर्देशन रहने चलचित्रको काठमाडौं र बाजुरामा समेत छायाँकन हुने छ । चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, अशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको अभिनय रहने छ ।
शर्मिला पाण्डेको प्रस्तुती रहने चलचित्रले समाजका चिसो मानिसहरुको कथा भन्ने जनाइएको छ । निर्देशन खनालले चलचित्रलाई आफूले घाममा नखिच्ने तयारी गरेको जनाए । उनका अनुसार काठमाण्डौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा चलचित्रको छायाँकन हुनेछ । छायाँकन यति नै दिनमा सकिन्छ भन्ने अवस्था नरहेको उनले जनाएका छन् । २०७८ भदौको ११ गतेलाई प्रदर्शन मिति तोकेको चदलचित्रमा सुभाष भुषालको संगीत रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
