‘चिसो मान्छे’ प्रदर्शन, अपेक्षा उच्च

दीपन्द्र के खनाल निर्देशित सिनेमा ‘चिसो मान्छे’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । एकल प्रदर्शनमा आएको सिनेमालाई मल्टीप्लेक्समा औषत शोज र सिंगल थिएटर पर्याप्त मिलेको छ । पोस्टर, टिजर, ट्रेलर र गीतबाट राम्रो हाइप बनाएको सिनेमा माउथ पब्लिसिटीले चल्ने विश्वास निर्माण टिमलाई छ ।
यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सफल सिनेमा निर्माण गरेका दीपेन्द्रक निर्देशित सिनेमा भएकाले पनि ‘चिसो मान्छे’प्रति दर्शकको अपेक्षा उच्च छ । यस्तै ‘बुलबुल’बाट अभिनयको छाप छोडेकी स्वस्तिमा खड्काको मुख्य भूमिका रहेकाले ‘चिसो मान्छे दर्शकको प्रतिक्षामा छ । विदेशबाट आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई सिनेमामा प्रस्तुत गरिएको छ ।
सिनेमामा स्वस्तिमा खड्काले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । ‘इनिसियल फेज’मा दर्शकलाई हलसम्म तान्न उनको बाजुराली लवज, लुक्स र गेटअप प्रमुख अस्त्र बन्न सक्ने विश्वास निर्माण टिम र सिनेमाकर्मीलाई छ । डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले चिसो मानछे निर्माण गरेकी हुन् ।
सिनेमामा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । सिनेमाको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi