गुरागाईंलाई ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’

चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरन्जीवी गुरागाईं ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’बाट सम्मानित भएका छन् । पुराना नेपाली चलचित्रको आर्काइभ र डिजिटाइजेशन कार्यमा उनले खेलेको भूमिकाको कदर गर्दै फिल्म हेरिटेज फाउन्डेसन र फेडरेसन अफ इन्टरनेसनल फिल्म आर्काइभले गुरागाईलाई सम्मान गरेको हो ।
मुम्बईमा आयोजित एक कार्यक्रमका बिच बलिउड अभिनेता बोमन इरानीले गुरागाईलाई सम्मान प्रदान गरेका थिए । चलचित्रको आर्काइभ र डिजिटाइजेसन सम्बन्धमा हप्ता दिनसम्म चलेको कार्यक्रममा अमिताभ बच्चन, गुलजार, गोविन्द निहलानी लगायतका चलचित्रकर्मीहरुले आर्काइभ र डिजिटाइजेसनको महत्वको बारेमा बोलेका थिए ।
निकिता पौडेल अध्यक्ष रहेको बखत चलचित्र विकास बोर्डले ‘आमा’, ‘कुमारी’, ‘जीवनरेखा’, ‘के घर के डेरा’, ‘बद्लिँदो आकाश’, ‘मनको बाँध’, ‘हिजोआज भोलि’, ‘सिन्दुर’, ‘शान्तिदीप’, ‘परिवर्तन’ आदिलाई डिजिटाइज गरेको थियो । बोर्डले उस समयमा एनएफडीसीमार्फत बनेका ऐतिहासिक महत्वका डकुमेन्ट्रीको पनि डिजिटाइजेसन गरेका थिए । उक्त कार्यको नेतृत्व गुरागाईले गरेका थिए ।
सन् २०१७ मा भारतमा नै आयोजना गरेको कार्यशालामा सहभागी भइ उनले डिजिटाइजेसन सम्बन्धी ज्ञान लिएका थिए ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal