हरर जनरामा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण

हरर थ्रिलर जनरामा चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको बारेमा जानकारी गरेको हो । चलचित्र पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको समेत प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताए ।
एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले नेपालमा हरर थ्रिलर सिनेमामा एउटा ट्रेण्ड स्थापित गर्ने विश्वास निर्माता चक्रावर्तीको छ ।
चलचित्रको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । चलचित्र नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । चलचित्रमा रिञ्जु केसी र अरुण चक्रावर्तीको लगानी छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung