नीर शाहलाई लाइफटाइम, देवीका र शोभितलाई रजत सम्मान, अनन्तलाई पत्रकारिता पुरस्कार

यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ती मार्फत उक्त कुरा जनाएका हुन् ।
११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । कार्यक्रम यहि वैशाख २१मा काठमाडौंमा आयोजना हुँदैछ ।
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड –०७६का पुरस्कृत व्यक्तित्व नीर शाह पूसस्त चलचित्रमा अभिनय गर्नुका अलावा बसन्ती, राजमति, सेतोबाध जस्ता अव्वल चलचित्र निर्देशक हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं चलचित्रमा सक्रिय नीर शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् । छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (महिला) बाट सम्मानीत हुँदै गरेकी देवीका बन्दना पाश्व गायनमा सम्मानित नाम हो । यस्तै रहेछ यहाँको चलन... बोलको आधुनिक गीतबाट आफ्नो नाम स्थापित गराएपनि उनी पाश्व गायनका रुपमा नै चिनिएकी हुन् । उनका थुप्रै चलचित्र हिट गीत छन् ।
यस्तै छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (पुरुष)बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत उम्दा निर्देशकका रुपमा चिनिन्छन् । राजकुमार नामक चलचित्रबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले –०७६ सम्म आइपुग्दा २९ चलचित्रको निर्देशन गरिसकेका छन् ।
यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार –०७६बाट पुरस्कृत हुँदै गरेका रंग पत्रकारि हुन् –अनन्त वाग्ले । २०४७ सालमा माधुरी नामक पत्रिकारबाट रंगपत्रकार प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै यहिले अन्नपूर्ण पोष्टमा मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् ।
११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा प्रदान गरिने सम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु २५ हजार सहित प्रमाण–पत्र दोसल्लाको सम्मान रहेको छ भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिनेछ । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु.१११११।– सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिने कुरा आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal