Mansara

गोपाल ढकाल छन्देको 'टेन्सन साफ'

२०७७ श्रावन १८
गोपाल ढकाल छन्देको 'टेन्सन साफ'

लामो समयदेखि अभिनयमा सक्रिय हाँस्य कलाकार गोपाल ढकाल छन्देले 'टेन्सन साफ' नामको टेलिश्रृंखला तयार पारेका छन् । 

ढकालकै लेखन तथा निर्देशन रहेको उक्त श्रृखला भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत प्रसारण थालिएको छ । ढकालले आफ्नै युट्युब च्यानल छन्दे च्यानलबाट प्रदर्शन थालेका हुन् ।

हर्कमान वाइबा (रिदम), रबिन भुषाल(कडा), राजेश महर्जन, सुर्यकला आचार्यको निर्माण संयोजनमा ‘टेन्सन साफ’ निर्माण गरिएको हो ।

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा निर्मित टेन्सन साफमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल(छन्दे), गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाईबा(रिदम), रबिन भुषाल(कडा), आशिका अधिकारी, उमेश पाण्डे (उमिशा),शोभित वाईबा, मिठु माझी, राजेश महर्जन आदिले अभिनय गरेका छन् ।

गोपाल ढकाल छन्देको शीर्ष गीत लेखन, बैकुण्ठ अधिकारीको एरेन्ज तथा संगीतमा कृष्ण भट्टराई, उद्धव प्रसाद भट्टराई तथा गीता नेपालले स्वर दिएका छन् भने पाश्र्व संगीत धनु ग्याङ्ग्मीको रहेको छ ।