‘छक्का पञ्जा ५’ को मुहूर्त, दशैमा रिलिज हुने
चलचित्र ‘छक्का पञ्जा ५’ को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो । मुर्हुतसँगै चलचित्रको छायांकन पनि शुरु गरिएको छ । छायाँकनका लागि टिम बिहिबार नै काभ्रेको पाँचखाल प्रस्थान गरेको छ । काभ्रेपछि चलचित्रको छायाँकन पोखरामा गरिने जनाइएको छ ।
मुहूर्त अघि बिहीबार बिहान फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको बारेमा जानकारी दिइएको थियो । दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्नेछिन । चलचित्रको मुख्य भूमिकामा दिपकराज गिरी र केदार घिमिरेसँगै वर्षा सिवाकोटीको अभिनय रहने छ । सार्वजनिक पोस्टरमा वर्षा सिंहासनमा बसेकी छन् । उनको पहिरनले नवविवाहित दुलहीको संकेत गर्छ । उनको छेवैमा दीपकराज गिरी कोर्ट – पाइन्टमा ठाटिएर उभिएका छन् भने केदार घिमिरे (माग्ने बुढा) अनुचर (सेवक)को भूमिकामा छन् । उनी वर्षालाई राजकीय शैलीको छाता ओढाइहेको अवस्थामा चित्रित छन् ।
आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्ने चलचित्रले सामाजिक विषय उठाउने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
