Mansara

फागुन १९ मा अनमोलको ‘छड्के २’

२०७९ कार्तिक १५
फागुन १९ मा अनमोलको ‘छड्के २’

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् ।

६० दिनको छायांकन सेड्युलमा चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । छड्के २ रिभेन्ज ग्याङ स्टोरी चलचित्र हो । चलचित्र कथाको पहिलो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा बनेको भएको चलचित्र निर्माणमा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्मातामा रहेको चलचित्रका कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।