अनमोल अभिनित ‘छड्के २’को टिजर सार्वजनिक

चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ । फागुन १९ मा रिलिज हुने चलचित्रको टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ ।
मनाङको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ टिजरमा देख्न सकिन्छ । ग्रीन ग्याङको नाइकेको रुपमा अभिनेता अनमोल केसी देखिएका छन् । अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो चलचित्र अभिनयमा डेब्यु गरेका छन् ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal