‘नीलो आकाश’मा यस्तो देखिइन पूर्वमिस नेपाल चाण्डक

निर्मल पौडेलको लेखन तथा निर्देशनमा बनेको छोटो फिल्म ‘नीलो आकाश’को पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् ।
पोस्टरमा चाण्डकले मधेशकी ग्रामीण महिलाको चरित्र चित्रण गरेकी छन् । पोस्टरले उक्त चरित्रको भावनात्मक संवेदना प्रतिविम्बित गर्ने प्रयास गरेको देखिएको छ । ‘नीलो आकाश’ लाई ‘गाजलु’,’रोमियो एण्ड मुना’,’चौका दाउ’लगायतका कथानक फिल्ममा सहायक निर्देशन गरेका निर्मल पौडेलले निर्देशन गरेका छन् ।
फिल्म ‘नीलो आकाश’ले मधेशकी युवतीको व्यक्तिगत स्वतन्त्रताको कथा भन्छ । पोस्टरमा निकिता चाण्डकलाई मधेशकी विवाहित युवतीको रूपमा देखाइएको छ । यो फिल्मलाई महोत्सवमा प्रदर्शन गर्ने मेकरको तयारी छ । फिल्मलाई काफिया मिडिया र निर्मल फिल्मसको ब्यानरमा बनाइएको हो ।
निर्मातामा आस्था शर्मा र निर्मल पौडेल छन् । सहायक निर्मातामा तेजु पाण्डे, गणेश कञ्चन भारती छन् । छायांकन भारतका दिपङ्कर सिक्दरले गरेका हुन् । सम्पादन अनिमेष सापकोटाले गरेका छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi