चलचित्र ‘चालबाज’को छायाँकन शुरु

लेन्सनेपाल २०७६ मंसिर २२
चलचित्र ‘चालबाज’को छायाँकन शुरु

चलचित्र ‘चालबाज’को छायाँकन शुरु भएको छ । चलचित्रको छायाँकन दार्जिलिङबाट सुरु गरिएको हो ।

कैलाश राईको निर्देशन रहने चलचित्रमा केकी अधिकारी र वुद्दि तामाङका साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । यसका अलवा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको अभिनय रहने जनाइएको छ ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रमा अरुण तामाङको लगानी रहने छ । चलचित्रमा सौरभ लामाको छायाँकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत र विपिन किरणको शब्द रहनेछ ।