यस्ता छन् ‘च च हुई’का मुख्य पात्र

चलचित्र ‘च च हुई’का मुख्य कलाकारहरुको पात्र परिचय सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रेस रिजिलमार्फत मुख्य कलाकारको क्यारेक्टराइजेशन बारे जानकारी दिएको हो । चलचित्रमा चार पात्रको मुख्य भुमिका रहेको छ । जहाँ आर्यन सिग्देल – प्रेम, भोलाराज सापकोटा – भोला, मिरुना मगर – संगीता र माओत्से गुरुङ – श्यामलालको भुमिकामा देखिएका छन् ।
साम्तेन भुटिया निर्देशित चलचित्र मंसिर ६ गतेबाट प्रदर्शन हुँदैछ । जुन चलचित्रका मुख्य चार पात्रहरु यस्ता छन् ।
प्रेम
प्रेम नेपालबाट सानैमा हङकङ पुगेको छ । काम र लाइफलाई सिरियस रुपमा नलिने प्रेम मोज मस्तीमै मस्त छ । उनको लाइफमा कुनै उदेश्य नै छैन । उसको आफन्त भने पनि साथी भने पनि भोला मात्र छ । उनीहरु सँगै काम गर्छन । तर, एउटा यस्तो परिस्थिति आइपुग्छ जसका कारण प्रेम नेपाल फर्कन्छ । नेपाल फर्केपछि उ हिमाली क्षेत्रमा पुग्छ । त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ ।
भोला
भोला, नाम अनुसार अनुहार र जिउडाल मिलेपनि व्यबहारमा कतै भोलापन छैन । केहि काम राम्रोसंग आउदैन, हरेक काम आलोकाचो हुन्छ । लाइफमा केहि गर्न खोजेपनि उनलाई साथ दिने कोही छैन । त्यसैले भोला पनि हङकङबाट प्रेमसंगै नेपाल फर्किन्छ । र, प्रेमको सुख, दुखसंगै हरेक परिस्थितिमा सँगै हुन्छ ।
संगीता
संगीता राम्री छिन । हिमालमा हुर्केकी संगीता देखिदा जति सुशील छिन्, त्यति नै छुच्ची । काठमाण्डु बसेर पढ्ने उनलाई परिस्थितीले त्यस्तो बनायो । उनि पढाइ सकेर हिमाली भेगमै फर्किन्छिन् । त्यसै क्रममा उनको भेट प्रेमसँग हुन्छ । प्रेमसँगको भेटपछि शुरु हुन्छ उनको लाइफमा च च हुई ।
श्यामलाल
मान्छे हेर्दा उमेरले पाको देखिए पनि श्यामलाल रमाइला छन् । उनले आफुलाई बाहेक अरु सबैलाई ढाटेका छन् , ठगेका छन् । श्यामलाल रमाइला भएपनि गैरकानुनी काम गर्छन् । उनले एउटा किताबलाई पुर्याउने जिम्मा प्रेम र भोलालाई दिएका हुन्छन् । समयमै किताब भनिएको ठेगानामा नपुगेपछि त्यहि रमाइलो म्यानले आफ्नो भिलेन रुपलाई अगाडी ल्याउछन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal