‘च च हुई’मा रोमान्टिक आर्यन र मिरुना

आर्यन सिग्देल र मिरुना मगरका लागि चलचित्र ‘च च हुई’ आशाको पर्खाइ बनिरहेको छ । मङ्सिर ६ गते प्रदर्शन हुने चलचित्रमा आर्यन र मिरुना पहिलो पटक एकसाथ देखिदैछन् ।
साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र रोमान्टिक कमेडी जनराको हो । निर्माण टिमले चलचित्रका केही तस्विरहरु सार्वजनिक समेत गरेको छ । जहाँ आर्यन र मिरुनाको रोमान्टिक अवतार देखाइएको छ । विहिबार ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गर्ने तयारी गरिरहेको निर्माण टिमले सोही गीतका केही तस्विरहरु सार्वजनिक गरेको हो ।
मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने राजनकै संगीत रहेको छ । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
चलचित्रमा साम्तेनकै सम्पादन, सुशन प्रजापतिको छायाँकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal