‘चिल्ड्रेन फिल्म फेस्टिभल’ गर्दै विकास बोर्ड
चलचित्र विकास बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल २०२३’को आयोजना गर्ने भएको छ । ब्रिटिश काउन्सिल नेपालसँगको सहकार्यमा ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’मा छनोट भएका १० वटा चलचित्रलाई फेस्टिभलमा सहभागी गराउन लागिएको हो ।
‘क्यामेरा सिक’ अन्तर्गत सातै प्रदेशबाट छनोट भएका २८ जनामध्ये १६ जना १८ वर्ष मुनिकालाई प्रशिक्षण दिएर जनही ५० हजार प्रदान गरी चलचित्र बनाउन लगाइएको थियो । यसरी ‘ओपन कल’बाट गरी प्राप्त भएका ४० वटा चलचित्र मध्ये १० वटा मात्र छनोट गरिएको बोर्डले जनाएको छ ।
१० वटा चलचित्रलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक चलचित्रलाई नगदबाट पुरस्कृत गरिने र यसका लागि बुधबार साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
२०७९ साल मंसिरमा चलचित्र बिकास बोर्डले बाल चलचित्र समिति गठन गरेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
