‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

२०८२ श्रावन २१
‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा बाबुल गिरीको शब्द, संगीत र अञ्जना खतिवडा र रबी ओडको स्वर रहेको छ । गीतको भिडियोमा कलाकारहरु सौगात मल्ल र बेनिशा हमाल बिचका बिभिन्न प्रेमिल क्षणहरु देखाइएको छ ।

राज बहादुर साने निर्देशित चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्धन्द्व निर्देशन र दिव्य सुवेदीको छायाँकन छ ।