सेलिब्रेटी शोमा ‘क्याप्टेन’को प्रसंसा
सेलिब्रेटीहरुले चलचित्र ‘क्याप्टेन’लाई रुचाएका छन् । मंगलबार साँझ भएको सेलिब्रेटी शोमा चलचित्र हेरेका चलचित्रकर्मीबाट क्याप्टेनलाई प्रसंसा मिलेको हो ।
क्याप्टेन हेर्न बरिष्ठ कलाकार निर शाह, बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, सुनिल थापा, अभिनेता रमेश उप्रती, हाँस्य कलाकार तथा निर्देशक निर्मल शर्मा, निर्देशक शोभित बस्नेत, प्रशान्त ताम्राकार, हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, अभिनेत्री नम्रता श्रेष्ठ, दीपिका प्रसाई, पारामिता आरएल राणा, अभिनेता सलोन बस्नेतलगायतका चलचित्रकर्मीहरु पुगेका थिए । उनीहरुले चलचित्र हेरेपछि राम्रो बनेको प्रतिक्रिया दिएका हुन । प्राबिधिक पक्षमा केही कमिकमजोरीहरु भएपनि उपलव्ध स्रोतका बिच चलचित्र राम्रो बनेको चलचित्रकर्मीको भनाई छ । उनीहरुको यसको कथालाई रुचाएका छन् भने अनमोल केसी र नव नायिका उपासिना सिंह ठकुरीको कामको समेत तारिफ गरेका छन् । अनमोलले यसअघिका चलचित्रमा भन्दा फरक काम गरेको र कामलाई न्याय गरेको उनीहरुको प्रतिक्रिया छ ।
शोमा निर्माता भुवन केसी, अभिनेता अनमोल केसी, निर्देशक दिवाकर भट्टराई सहित नवनायिकाहरु उपासना सिंह ठकुरी र प्रियंका एमभी समेत उपस्थित थिए । निर्देशक भट्टराईकै लेखन रहेको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

