अब पशुपति दर्शनमा सेलिब्रेटीलाई सहज ब्यवस्था !

हिन्दुहरुको आस्थाको केन्द्र पशुपति मन्दीर दर्शनमा सेलिब्रेटीका लागि सहज व्यवस्था हुने भएको छ । पशुपति क्षेत्र बिकास कोषको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सेलिब्रेटीका लागि सहज बाताबरण सृजना गर्ने जनाएका छन् ।
यद्यपी उनले त्यो कस्तो व्यवस्था हो र कसरी सहज बनाइन्छ भन्ने बारेमा केही बताएनन् । उनले सेलिब्रेटीलाई नेपाली कला संस्कृतिको प्रर्वद्धनका लागि साँस्कृतिक दुतका रुपमा प्रयोग गर्नुपर्ने भन्दै आफ्नो क्षेत्राधिकार भित्रको स्थानमा सहज बताबरण बनाउने जनाएका हुन् ।
चलचित्र निर्देशक तथा कलाकार समेत रहेका खतिवडाले पशुपति क्षेत्रमा प्रवेश गर्ने, अनुसन्धान गर्ने, आवश्यक सामग्रीहरु बनाउने कार्यका लागि सहज बताबरण बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् । त्यसका लागि चलचित्र बिकास बोर्डको परिचय पत्रलाई आधार मान्छे वा अन्य केही आधार तय गर्ने त्यो भने अहिले नै निक्यौल भइसकेको छैन ।
पर्यटन, सस्कृति तथा नागरिक उड्यान मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट डा. खतिवडा पुष २ गते कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् । चार वर्षे कार्यकालका लागि नियुक्त भएका खतिवडाले केही चलचित्रको निर्देशन र अभिनय गरेका छन् । उनले थुप्रै नाटकहरुको लेखन तथा निर्देशन समेत गरेका छन् ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi