Mahajatra

अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक

२०७५ माघ १८
अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक

चलचित्र ‘क्याप्टेन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरलाई उपस्थित पत्रकार तथा चलचित्रकर्मीले प्रसंसा गरेका छन् । 

चलचित्र सफल फुटबलर बन्न चाहने युवाको कथामा आधारित छ । शिर्ष भुमिकामा अनमोल केसी देखिएका छन् । दिवाकर भङराई निर्देशित चलचित्रले फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको युवकको जीवनमा आउने उतारचढावलाई केन्द्रमा राखेको छ । ट्रेलरमा रोमान्सका साथै, खेलाडीको संघर्ष, देशप्रेम र परिवारिक कथा समेत समावेश गरिएको छ ।

यसै चलचित्रबाट अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेव्यु गरेका छन् । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रलाई कलाकार भुवन केसीले निर्माण गरेका हुन । सामिप्यराज तिमल्सेनाको कथा, निर्देशक भट्टराईकै लेखन, चन्द्र पन्तको द्वन्द्व, दिर्घ खड्काको सम्पादन र कविराज गहतराज र रेनाशा वान्तवा राईको नृत्यनिर्देशन रहेको छ ।

यसअघि कहिल्यै फटुबल नखेलेको बताउने अनमोलले यो चलचित्रका लागि फुटबलर बन्न ३ महिना ट्रेनिङ लिएको बताएका छन् । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले प्रशिक्षण दिएका थिए । चलचित्र फागुन १७ गतेबाट प्रदर्शन हुनेछ ।