Mahajatra

क्याप्टेन गीत छायाँकन, भुवन नाच्दा अनमोल नर्भस !

२०७५ माघ २२
क्याप्टेन गीत छायाँकन, भुवन नाच्दा अनमोल नर्भस !

फागुन १७ गते रिलिज हुने चलचित्र ‘क्याप्टेन’का लागि लोक फ्लेवरको गीत छायाँकन गरिएको छ । ललितपुर स्थीत एक पार्टी प्यालेसमा छायाँकन गरिएको गीतमा अनमोल केसी सहित भुवन केसी र निरुता सिंहले कम्मर मर्काएका छन् ।

गीतको छायाँकन भए पनि अनमोल केसी ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल जर्सी लगाएर केही यूवाहरु बलसँग खेल्दै गरेको देखिन्थे । चलचित्रमा फुटबलरका रुपमा देखिएका उनी यो गीतका केही दृष्यमा पनि फुटबलकै साथमा देखिदैछन् । अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा लाग्थ्यो, उनले हरि खड्काको प्रशिक्षणमा फुटबलसँग अभ्यस्त भएका छन् । छायाँकन गरिएको ‘कर्ली कर्ली’ बोलको गीतमा एसडी योगीको शब्द तथा संगीत, मेलिना राई र एसडी योगीको स्वर र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । रेनशाले गीत हेर्दा दर्शकहले केही नयाँ स्वाद पाउने बताएकी छिन ।

यता, छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेको भुवन केसीले छोरातिर हेर्दै भन्थे–‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो ।’ भूवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र । यो गीत इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा आउने निर्माता समेत रहेका भुवन केसीले जनाउका छन् । उनले दर्शकका लागि आफु, अनमोल र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास समेत लिए ।

चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । भुवन र निरुता भने यही गीतमा मात्र देखिने छन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायाँकन रहेको छ ।