यस्तो छ प्रदीपको अभिनय रहने ‘कामिनो’को थीम पोस्टर
अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहने चलचित्र ‘कामिनो’को थीम पोस्टर सार्वजनिक गरिएको छ । दिपक वलिको निर्देशन रहने चलचित्रको थिम पोष्टर बुधबार साँझ सार्वजनिक गरिएको हो ।
एक्सेस नेपाल फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रमा पूर्ण लामा क्रिएटिभ डारेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेका छन् । चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका छन् । अभिनेता खड्का तथा कामिनो निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो ।
नेपाल र ल्याटिन अमेरिकाका विभिन्न स्थानमा छायांकन हुने चलचित्र प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैतको तेश्रो सातादेखि छायांकन गर्ने लक्ष्य राखिएको चलचित्रमा सौरभ लामाको छायाँकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
