चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । माघे सङक्रान्तीको अवसर पारेर भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
टेम्पो चालक महिलाको कथा भन्ने चलचित्रको सार्वजनिक ट्रेलरले मुख्य भुमिकामा देखिएकी स्वस्तिमा खड्काको चरित्र मार्फत कथा भन्ने प्रयास गरेको देखिन्छ । ट्रेलरमा स्वस्तिमासँगै नवअभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवालाई पनि स्थान दिइएको छ । टे«लर मार्फत आफूले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको निर्देशक विनोद पौडेलले बताएका छन् । चलचित्रमा मास र आर्ट दुवैलाई समेट्ने प्रयास गरिएको समेत उनको भनाई छ ।
चलचित्रमा स्वस्तिमा, मुकुन र लक्ष्मीका अलवा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रलाई निर्देशक स्वयमले लेखेका हुन । पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्र भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal