‘बुलबुल’को दोस्रो गीत सार्वजनिक
चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा आयोजित क्यान मेलामा गीत सार्वजनिक गरिएको हो ।
भिडियो साझेदारी युट्युबमा उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा मणिकला पौडेलको शब्द, उदय राज पौडेल र उद्गम परियारको संगीत रहेको गीतमा रजिना रिमालको स्वर समावेश गरिएको छ ।
स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी गिरी, दिपक क्षेत्री, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्कीलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई बिनोद पौडेलले लेखन तथा निर्देशन गरेका हुन । अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डे लगायतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता राजाराम दाहाल हुन । चलचित्रमा सुशन प्रजापतीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र अनिमेश सापकोटाको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
