‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

२०८२ श्रावन १९
‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शनिबार पोष्टर सार्वजनिक गरेको हो ।

मोहन केसीको निर्देशन रहेको चलचित्रको फस्टलुक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने संकेत दिएको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् । क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन् भने को–प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन् ।

कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् । विकास गन्दर्भको डीओपी रहेको चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन, दीपक शर्मा र एचबीएन किस्मतको संगीत रहेको छ ।

चलचित्र ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो ।