‘बम बहादुर’को टिजर सार्वजनिक, इतिहासको कथा !
चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुने जनाइएको छ ।
चलचित्र १९८० को दशकमा भएका घटनाहरूमाथि आधारित रहेको टिजरले संकेत गरेको छ । निर्देशक जोन राईले भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासलाई चलचित्रमा प्रसतुत गरेको बताए । निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले चलचित्र बनाएको जनाए ।
बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय रहेको छ ।
निर्देशक राई र रुपेश तामाङको कथा र पटकथा रहेको चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका हुन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
