Mahajatra

नेपाल आउँदै बलिउड अभिनेता गोविन्दा, ३० गते आउने ३ दिन बस्ने

२०७५ भाद्र २४

बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । भाद्र ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन ।

सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले दिएको जनकारी अनुसार गोबिन्दा ३० गते शनिबार नेपाल आउनेछन् । गोविन्दासँगै उनको छोरा यश पनि नेपाल आउनेछन् । गोविन्दा नेपाल आउनु भन्दा एक दिन अगावै उनकी धर्मपत्नि सुनिता र छोरी टिना नेपाल आउने तय भएको छ । गोविन्दाको नेपाल बसाई ३ दिनका हुनेछ । सम्भवत उनी स–परिवार होट याक एण्ड यतिमा बस्नेछन् ।

नेपाल बसाईको क्रममा ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्डमा प्रमुख अतिथी भएर सहभागीता जनाउने गोविन्दले सम्भव भए ३१ गते साँझ नभए असोज १ गते सोमबार विहान पशुपतिनाथको पुजाआजा समेत गर्नेछन् । सुरक्षाका दृष्टिले अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

पहिलो संस्करणमा बलिउड अभिनेता सत्रुघन सिन्हा र दोस्रो संस्करणमा माला सिन्हा र सिपी लोहनी अवार्डमा सहभागी थिए ।

यसैबिच एलजी सिनेमा सर्कल अवार्ड २०७५ का लागि २३ बिधामा उत्कृष्टहरुको मनोनयन समेत सार्वजनिक गरिएको छ । २०७४ बैशाख १ गते देख चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका  चलचित्रहरु मध्येबाट अवार्डमा सहभागी ६३ का आधारमा उतकृष्ट मनोनयन सार्वजनिक गरिएको अध्यक्ष डिसीले जनाएका छन् ।

यस्तो छ एलजी सिनेमा सर्कल अवार्ड २०७५ को मनोनयन ।

THE BEST  POSTER OF THE YEAR
शत्रुगते – शान थापा  र विजय बस्याल (टौवा क्रियशन)
छक्का पञ्जा – सुुन्दर श्रेष्ठ
राज्जा रानी – शान थापा  र विजय बस्याल (टौवा क्रियशन)
पञ्चायत – सन्जिव खड्गी
प्रेमगीत २ – शान थापा  र विजय बस्याल (टौवा क्रियशन)

THE BEST TRAILER OF THE YEAR   
प्रेमगीत २ – साहिल खान 
कृ – सुरेन्द्र पौडेल 
ऐश्वर्य – साहिल खान 
शत्रुगते – मित्र डि गुरुङ
म यस्तो गीत गाँउछु – साहिल खान

THE BEST STUNT OF THE YEAR 
लाल्टिन – मिलन श्रेष्ठ
ऐश्वर्य  – पुर्ण ओझा
पींजडा ब्याक अगेन  – सिम्पसन तामाङ
रुद्र – विरु पन्त 
ऐश्वर्य  – सिम्पसन तामाङ 
(नेपाल चलचित्र द्धन्द संघको टप १० सिफारीसको आधारमा छनौट गरिएको )

THE  MOST  POPULAR  SONG  OF THE YEAR
कुटुमा कुटु  – २ रुपैयाँ  –  राजनराज शिवाकोटी 
तिमी रोएको पल – ऐश्वर्य  – अर्जुन पोख्रेल
चरी चट्ट परि – कान्छी – राजनराज शिवाकोटी
भन्छु आज  – म यस्तो गीत गाँउछु – अर्जुन पोख्रेल
पर्ख पर्ख मायालु – मंगलम – दिपक शर्मा

नोट : कपि विवादमा परि कपी भनी प्रमाणीत भएका गीतहरुलाई समावेश गरिएको छैन ।

THE BEST VFX OF THE YEAR
पिंजडा व्याक अगेन  –  अक्की शर्मा
राधे –  अच्युत लामीछाने
कान्छी –  अनुपम शाह
कृ –  ग्लेज ईन्टरटेनमेन्ट
बटरफ्लाई  – अक्की र सत्यम
माई लभ  – नाओत्सुगु मिकामी 

THE MOST COMMENDABLE MOVIE OF  THE YEAR
भुईमान्छे
पञ्चायत
राज्जा रानी 
तान्द्रो
तिमीसँग
जालो

THE MOST  POPULAR ACTOR  (MALE) OF THE YEAR
दिपक राज गिरी  –  छक्का पञ्जा
प्रदिप खड्का  –  लिलिविली
अनमोल केसी  –  कृ
प्रशान्त ताम्राकार  –  ऐश्वर्य
केदार घिमीरे – छक्का पञ्जा

THE MOST POPULAR ACTOR  (FEMALE)  OF THE YEAR
साम्राज्ञी राज्यलक्ष्मी शाह –  ए मेरो हजुर २
श्वेता खड्का  – कान्छी
प्रियंका कार्की  – छक्का पञ्जा
केकी अधिकारी  – राज्जारानी
स्वस्तिमा खड्का  – २ रुपैयाँ

THE BEST  EDITOR  OF THE YEAR 
छक्का पञ्जा २ – विपीन मल्ल 
कृ – सुरेन्द्र  पौडेल
प्रेमगीत २  –  बनिश शाह र भुपेन्द्र अधिकारी
शत्रुगते, मंगलम – मित्र डि गुरुङ
लिलिबिलि  – अर्जून जिसी

THE BEST BACKGROUND SCORE OF THE YEAR 
तान्द्रो – सुजिल कर्मचार्य
लिलिविली  – एलिस कार्की 
तिमीसंग – साहास शाक्य
शत्रुगते – सुजिल कर्मचार्य
मंगलम – एलिस कार्की 

THE BEST  SCREENPLAY OF THE YEAR 
पञ्चायत  –  शिवम अधिकारी
छक्का पञ्जा – दिपक राज  गिरी 
२ रुपैयाँ  – आशिफ शाह र आशिष शाह
तिमीसँग  – शिशिर राणा, शुशील क्षेत्री, सुमन उप्रेती र सागर ओझा 
शत्रुगते – हरिवंश आचार्य, प्रदिप भट्टराई र दिपकराज गिरी
भुईमान्छे – नवराज बुढाथोकी
मंगलम  – गोविन्द फुयाल र नवल नेपाल

TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR    
प्रताप दास – मोटरसाईकलमा  –  प्रेम गीत २
सुगम पोखरेल  –  तिमी रोएको पल  – ऐश्वर्य 
राजनराज शिवाकोटी  –  चरी चट्ट परि  –  कान्छी 
राजेश पायल राई  –  उकालीमा जाँदा जाँदा  –  ए मेरो हजुर 
सुगम पोखरेल  – भन्छु आज  –  म यस्तो गीत गाँउछु 
कृष्ण काफ्ले – पर्ख पर्ख मायालु  – मंगलम 
राजनराज शिवाकोटी  – कुटुमा कुटु  – २ रुपैयाँ 

TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR
मेलिना राई  –  कुटुमा कुटु  –  २ रुपैयाँ 
मिना निरौला  –  शत्रुगते –  रुपै मोहनी
बिन्दु परियार  –  पर्ख पर्ख मायालु  – मंगलम 
अन्जु पन्त – तिमी रोएको पल – ऐश्वर्य 
इन्दीरा जोशी  –  मोटरसाईकलमा  – प्रेमगित २ 
अन्जु पन्त  – भन्छु आज –  म यस्तो गीत गाँउछु 

THE BEST ACTION DIRECTOR OF THE YEAR
अष्ट महर्जन  –  भुईमान्छे
हिमाल केसी – पींजडा व्याक अगेन
चन्द्र पन्त  –  कृ
हिमाल केसी  –  ऐश्वर्य
राजकुमार उप्रेती – डायरी 
रोशन श्रेष्ठ – लाल्टीन 

THE BEST CHOREOGRAPHER OF THE YEAR
प्रविन सिं  –  पिरतिको बर्काे  – शत्रुगते
कविराज गहतराज  –  कुटुमा कुट  –  २ रुपैयाँ 
रेनाशा राई  –  यतियति पानी  –  कृ
रामजी लामीछाने – राधे –  मलाई माफ गर प्रिया 
कविराज  गहतराज  – मंगलम  – पर्ख पर्ख मायालु

THE  BEST ON - SCREEN COUPLE OF THE YEAR
दिपीका प्रसाइ र रमेश उप्रेति  –  ऐश्वर्य
मेनुका प्रधान र बुद्धी तमाङ – २ रुपैयाँ
केकी  अधिकारी र नाजिर हुसेन  – राज्जा रानी 
प्रदिप खड्का र जसिता गुरुङ  – लिलिबिली 
साम्राज्ञी राज्यलक्ष्मी शाह  र नाजीर हुसेन  – तिमीसँग
पल शाह र आँचल शर्मा – शत्रुगते
निखिल उप्रेती  र सारा  सिर्पाइली – पींजडा व्याक अगेन

THE BEST  MUSIC DIRECTOR OF THE YEAR
कल्याण सिंह  –  कसम हो कसम  –  ए मेरो हजुर 
अर्जुन पोखरेल  –  तिमी रोएको पल  –  ऐश्वर्य
राजनराज शिवाकोटी  –  कुटुमा कुटु  – २ रुपैयाँ 
दिपक शर्मा  – पर्ख पर्ख मायालु  – मंगलम  
अर्जुन पोखरेल  – भन्छु आज – म यस्तो गित गाँउछु 
डिजराज पौडेल  – जिन्दगी – लाल्टीन

THE BEST  DOP OF THE YEAR
दिर्घ गुरुङ – शत्रुगते  
संञ्जय लामा  –  ए मेरो हजुर 
विदुर पाण्डे –  भुईमान्छे
पुरुषोत्तम प्रधान  – तान्द्रो 
सुदिप बराल – लिलिविली
हरी घले लामा – जालो 

THE BEST ACTOR (FEMALE) OF THE YEAR
साम्राज्ञी राज्यलक्ष्मी शाह – मंगलम, ए मेरो हजुर, तिमीसँग
निता ढुंगाना – पञ्चायत
बेनिशा हमाल  – ब्लाईण्ड रक्स
शिल्पा पोखरेल  –  मंगलम
प्रीयंका कार्की  – छक्कापञ्जा

THE BEST ACTOR (MALE) OF THE YEAR
सरोज खनाल – पञ्चायत 
राज कटुवाल  – लाल्टिन
दयाहाँग राई  –  तान्द्रो 
अनमोल केसी  – कृ
प्रदिप खड्का – लिलिविलि
नाजिर हुसेन – तिमीसँग
पुष्पल खड्का – मंगलम

THE LIFETIME ACHIEVEMENT AWARD

बरिष्ठ चलचित्र निर्देशक किशोर राना

THE BEST  DIRECTOR OF THE YEAR
भुईमान्छे –  नवराज बुढाथोकी 
छक्का पञ्जा २  – दीपाश्री निरौला
शत्रुगते – प्रदिप भट्टराई
लिलिविली  – मिलन चाम्स 
मंगलम  – नवल नेपाल
पञ्चायत – शिवम् अधिकारी 
तिमीसँग  – शिशिर राणा

THE BEST FILM OF THE YEAR 
छक्का पञ्जा २  – आमा सरस्वती मुभिज 
पञ्चायत  –  कलावती फिल्मस् प्राली 
शत्रुगते – मह संचार 
लिलिविलि  – काफिया फिल्मस् र सुदिप खड्का प्रोडक्सन 
भुई मान्छे –  शैली थियटर 
मंगलम  – छविराज प्रोडक्सन 
तिमीसँग  – नमन प्रोडक्सन

अध्यक्ष डिसीका अनुसार आवश्यकताका आधारमा उल्लेखित २३ बिधा बाहेक अन्य दुई बिधामा उल्लेखनिय प्रस्तुति दिने कलाकार तथा प्राबिधिकलाई विशेष अवार्ड प्रदान गर्न सकिने छ ।