‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । श्रीपञ्चमीको अवसर पारी बुधबार फस्टलुक पोस्टर रिलिज गरिएको हो ।
बैशाख १४ गते रिलिज हुने चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ । केकी अधिकारीको प्रस्तुतिमा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको चलचित्रका निर्माता बद्री अधिकारी हुन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।
चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
