निराजन र प्रविशाको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक

२०७५ असोज २
निराजन र प्रविशाको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक

गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘बिस्तारै बिस्तारै’को भिडियो रिलीज भएको छ । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन ।

केही नेपाली चलचित्रमा सहनिर्देशनको रुपमा काम गरेका शाही लामो समयको अन्तराल पछि भिडियो निर्देशनमा फर्केका हुन । उनले चलचित्रबाट सिकेको ज्ञानलाई भिडियोमा उतार्ने कोशिस गरेको बताएका छन् ।

प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा भिडियोमा सागर थापा र स्वाती श्रेष्ठका साथै राजेश बिशुराल, स्विक्षा राज बिशुराल र बालकलाकारहरु शाश्वत र अनुश्रेयाले अभिनय गरेका छन् । भिडियोमा फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको छ ।

LPT
Gaun Aayeko Bato