Mahajatra

लेन्सनेपालकर्मी बिष्णुलाई पत्रकारिता पुरस्कार, जीतु र रिनाशा वर्ष व्यक्ती घोषित

२०७५ फागुन २८
लेन्सनेपालकर्मी बिष्णुलाई पत्रकारिता पुरस्कार, जीतु र रिनाशा वर्ष व्यक्ती घोषित

लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी पुरस्कृत हुने भएका छन् । फिल्मीखबर साप्ताहिकले बरिष्ठ रंग पत्रकार स्वर्गिय सविन शाक्यको स्मृतिमा स्थापना गरेको ‘फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार’बाट पहिलोपटक सुवेदी पुरस्कृत हुन लागेका हुन । फिल्मी खबर साप्ताहिकका सम्पादक शान्तिप्रियका अनुसार सुबेदीलाई प्रमाणपत्र, ट्रफि एवं १००१०।– (रु. दश हजार दश) राशी रकम सहित पुरस्कार प्रदान गरीने छ ।

विगत डेड दशक देखी रंग पत्रकारितामा संलग्न सुवेदीले यसै वर्ष ‘लेन्सनेपाल डटकम’ को वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेका थिए । सुबेदीले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–संगीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेको बिज्ञप्तीमा उल्लेख छ ।

विगत १० वर्ष देखी नियमित रुपमा प्रकाशित हुदै आएको फिल्मी खबर साप्ताहिकले उक्त पुरस्कार सहित यो वर्षका लागि बर्ष व्यक्ति पनि घोषणा गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि वर्ष व्यक्ति पुरुष र वर्ष व्यक्ति महिला गरि दुई जनालाई उक्त सम्मान अर्पण गर्न लागेको जनाइएको छ । यस वर्षका लागि वर्ष व्यक्तिका रुपमा पुरुष तर्फ कलाकार जीतु नेपाल र महिला तर्फ रिनाशा वान्तवा राईलाई चयन भएका छन् ।

नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टीभीमा रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लव’ सञ्चालन गरी चर्चामा आएका छन् । साथै नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भित्र ६०÷६५ शो कमेडी प्रस्तुती दीएका छन् । त्यस्तै म्यूजिक भिडियो बाट प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रिनाशाले चलचित्र कोरीयोग्राफिमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई ‘इन्टु मिन्टु लण्डन’मा मार्फत नव निर्देशकहरुमा सफल देखीएकी छिन् । वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ समान गरीने छ ।

फिल्मीखबर नेपाली रंग पत्रकारिता इतिहासंमा १० औ वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका भएको छ । रंग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् । यस किसिमको अवसर पाउनुलाई फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले खुशी प्रकट गरेका छन् । प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सस्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् । पत्रिकाले आफ्नो दशौं वार्षिकोत्सव चैत १ गते एक कार्यक्रमका विच मनाउदै छ । सोही अवसरमा बर्ष ब्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरीने सम्पादक प्रियले बताए ।