Mansara

महोत्सवमा ‘साङ्लो’को प्रचार गर्दै बिराज

२०७६ माघ ५
महोत्सवमा ‘साङ्लो’को प्रचार गर्दै बिराज

अभिनेता विराज भट्टले अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माणका लागि सहयोग गरेका छन् । बिराजले सुदुरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुति दिए बापतको आफ्नो पारिश्रमिक आयोजक अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माणका लागि सहयोग गरेका हुन् ।

माघ २४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘साङ्लो’को प्रचारको क्रममा उनी उक्त महोत्सवमा पुगेका थिए । बिराजले प्रस्तुति वापतको पारिश्रमिक रकम भने खुलाउन चाहेनन् । महोत्सवमा विराजको प्रस्तुति हेर्न भनि ८ हजार बढी दर्शक उपस्थित थिए । उनि नायिका निकिता चाण्डकको साथ स्टेजमा चढेका थिए । दर्शकलाई सम्बोधन गर्दै विराजले दर्शककै मायाका कारण आफु आजको उचाईमा पुगेको जनाए । उनले थपे – ‘तपाईहरुकै मायाले गर्दा महोत्सव आयोजकले मलाई राम्रो रकम तिरेर निम्त्याउनु हुन्छ । त्यसैले यसपटकको पारिश्रमिक म आयोजक संस्थाको भवन निर्माणका लागि सहयोग गर्न चाहन्छु ।’

बिराजले उपस्थित दर्शकहरु माझ चलचित्रको बारेमा समेत जानकारी गराएका थिए । उनले दर्शकको बिश्वास गुमाउन नचाहेकोले उत्कृष्ट चलचित्र बनाएको भन्दै एकपटक हेरेर साथ दिन समेत आग्रह गरे । बिराजको निर्माण र निर्देशन रहेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

Mahajatra