‘विर विक्रम २’ को गीतलाई २३ लाख
चलचित्र ‘विर विक्रम २’ को छायाँकन मनाङ र मुस्ताङका रमणीय स्थानमा जारी छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको हाल मुस्ताङमा गीतको छायाँकन भइरहेको छ । कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भइरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताएका छन् । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारी, बुद्धि तामाङ, देशभक्त खनाल, शिशिर राणा, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको अभिनय रहेको चलचित्र चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रका निर्माता मिलन चाम्स नै हुन भने अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा रञ्जीइत गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
