तुलसी घिमिरेको ‘पहाड’मा विपिनको र्याप
तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले स्वर दिएका छन ।
आइतबार काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले एक र्याप गीत गाएका हुन् । बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीत रहेको गीतमा घिमिरेकै शब्द रहेको छ । घिमिरेका अनुसार गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ । चलचित्रमा जम्मा चार वटा गीत रहने छ ।
आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत चिर परिचित कलाकारहरुको अभिनय रहने छ ।
५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने चलचित्रको बाँकी ५० प्रतिशत छायाँकन मुम्बईमा हुने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
