‘कर्मा’मा विपिन र उपासनाको जोडी, नेगेटिभ भूमिकामा मुकुन
मंसिर तेस्रो हप्ताबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्र ‘कर्मा’मा कलाकारको लाइनअप रोचक बन्ने देखिएको छ । यसअघि नै चलचित्रको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन् ।
यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् । चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ ।
‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन् । उनले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
