निताको ‘सुख दुःख’मा बिपना
अभिनेत्री निता ढुङ्गानाको निर्देशन रहेको चलचित्र ‘सुख दुःख’मा बिपना थापाको पनि अभिनय रहने भएको छ । जसका लागि बिपना र निर्मात्री सकेत रहेकी निता बिच औपचारिक सम्झौता भएको छ ।
सम्झौता पछि बिपनाले ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन् । उनले कथाले नै आफ्नो मन छोएको भन्दै यो चलचित्रमा काम गर्न उत्साहित रहेको बताइन् ।
निताले पनि आफ्नो चलचित्रमा बिपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताइन् । उनका अनुसार यो चलचित्रमा बिपनाको महत्त्वपूर्ण भूमिका रहेको छ । यसअघि निता र बिपनाले चलचित्र ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो ।
निताले यसअघि यो चलचित्रका लागि मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठसँग सम्झौता गरिसकेकी छिन । आगामी फागुनबाट छायाङ्कनमा जाने चलचित्रलाई चर्चित भारतीय छायाकार कबिरलाल र शाहिदलालले छायाङ्कन गर्दैछन् । ‘निता फिल्मसको ब्यानरमा बन्न लागेको चलचित्र आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
