चलचित्र 'बिक्रम' को छायाँकन लण्डनबाट सुरू

२०८२ मंसिर ९
चलचित्र 'बिक्रम' को छायाँकन लण्डनबाट सुरू

बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र 'बिक्रम'को छायांकन सुरु भएको छ। चलचित्रकाे छायाँकन बेलायतको लण्डनदेखि सुरू भएकाे हाे ।

महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा चलचित्र निर्माण हुन लागेको हाे। चलचित्रकि निर्माता हिरल जोशी रहेकी छिन्। चलचित्रका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । 'संस्कृति क्रिएशन्स नेपाल' न्याैपानेकाे कम्पनी हाे ।

चलचित्रमा अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशीका अलवा विदेशी कलाकार नादेशि हप्किन्सको मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको चलचित्रमा सौरभ लामाकाे डि.ओ.पी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ। चलचित्रका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् ।

निर्माण पक्षका अनुसार चलचित्रको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ। केही समयअघि निर्माण टिमले चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो। सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा चलचित्र बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेकाे अनुमान लगाउन सकिन्छ ।