Mahajatra

बिक्रम बरालको गीत ‘ढाक्यो मायाले’ सार्वजनिक

२०७६ कार्तिक १
बिक्रम बरालको गीत ‘ढाक्यो मायाले’ सार्वजनिक

नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिक्रमसँगै भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेको स्वर रहेको छ । गीतमा भूपेन्द्र महतको शब्द, हरि लम्सालको संगीत रहेको छ ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा गायिका सम्झना र निराजन प्रधानलाई फिचर गरिएको छ । भिडियोमा अर्जुन तिवारीको छायाँकन र नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।