मुकुन र बेनिशालाई लिएर ‘बिजुली च्याप्टर १’ निर्माण हुने
चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो । विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन् । विकास गिरीको यो डेब्यु निर्देशन हो ।
बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ। चलचित्रको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् ।
क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ । हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन् ।
चलचित्रको कथा अनुसार आफुले आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नु पर्ने अभिनेता मुकुन भुसालले बताए । अभिनेत्री बेनिषा हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली चलचित्र क्षेत्रमा केहि गरौँ भनेर लागेको टिमसंग काम गर्न पाउँदा आफुलाइ एकदम खुसि लागेको बताइन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
