विजयले शुरु गरे ‘लाज शरणम्’को छायाँकन
अभिनेता विजय बरालले चलचित्र ‘लाज शरणम्’को छायाँकन शुरु गरेका छन् । दोश्रो सुटिङ सेड्यूल अन्र्तगत काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा जारी छायाँकनमा मंगलबारबाट बरालको छायाँकन शुरु भएको छ ।
दशैं अघि पहिलो चरण अन्र्तगत डोल्पामा छायाँकन भएको चलचित्रको दोस्रो चरणको छायाँकन केही दिनबाट भइरहेको छ । फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रको हाल सम्म ९५ प्रतिशत छायाँकन सहिएको जनाइएको छ ।
कुमार कट्टेलको निर्देशन रहेको चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायतका कलाकारको अभिनय रहनेछ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
