Mansara

बैशाख १ मा चलचित्र ‘बिहे पास’

२०७९ माघ १२
बैशाख १ मा चलचित्र ‘बिहे पास’

चलचित्र ‘बिहे पास’ले बैशाख १ गतेका लागि प्रदर्शन मिति तोकेको छ । सरस्वती पुजाको अवसर पारी बिहीबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो । सार्वजनिक दुई मध्ये एक पोष्टरमा दयाहाङ राई र प्रकृति श्रेष्ठलाई प्रस्तुत गरिएको छ भने अर्कोमा दया र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल पनि फिचर्ड छन् । 

सोसल, कमेडी ड्रामा चलचित्रमा श्याम राई, विहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, प्रकाश भुजेल, नविन शेरचनको पनि अभिनय रहेको छ ।

प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । रोजन श्रेष्ठ निर्माता रहेको चलचित्रको सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

चलचित्रमा शिव ढकालको छायांकन, मित्र देव गुरुङको सम्पादन, डिबी खनालको गीत रचना, प्रवेश मलिकको संगीत, मुर्रे केर, अकाश बराल, साजन काफ्लेको कथा, बराल र काफ्लेको पटकथा तथा संवाद रहेको छ ।