‘बिहे पास’ मा दयाहाङ र प्रकृति
‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ ।
रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् ।
आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको जनाइएको छ । सामाजीक बिषयमा निर्माण हुने भनिएको चलचित्रको छायाँकन तराईका बिभिन्न स्थानमा गरिने छ ।
प्रवेशले यसअघि चलचित्र ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
